बदली, वर्षा र हिमपातको सम्भावना

Share:

पोखरा । देशका केही स्थानमा सोमबार (आज) आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा/हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

अहिले बिहान देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा/हिमपात भईरहेको छ । साथै प्रदेश नं १ का पहाडी भु–भागमा आंशिक बदली हुनुका साथै बाँकि क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको १/२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: