
पोखरा । देशको केही स्थानमा मंगलबार आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान प्रदेश नम्बर २ र प्रदेश नम्बर १ का तराईका भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।
मंगलबार राति पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
