विश्वमा कोरोना संक्रमणबाट एकैदिन १० हजार ५०० जनाको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ४३ हजार नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १३ लाख ४३ हजार १५३ पुगेको छ ।

विश्वमा पछिल्लो २४ घण्टामा मात्रै १० हजार ५०२ जनाको मृत्यु भएको छ। एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि कात्तिक २७ मा १० हजार ७ जनाको मृत्यु भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ४६ हजार ६६२ जना संक्रमित थपिएका छन् । यससँगै विश्वभर संक्रमितको संख्या ५ करोड ५९ लाख ३९ हजार ४४८ पुगेको छ ।

हालसम्म विश्वभर ३ करोड ८९ लाख ५९ हजार ९२३ जना संक्रमण मुक्त भएका छन् ।

हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ५६ लाख ३४ हजार ९८३ रहेको छ ।

यसैबीच, कोरोनाबाट सबै भन्दा धेरै प्रभावित अमेरिकामा हालसम्म २ लाख ५४ हजार २५५ जनाको मृत्यु भएको छ भने १ करोड १६ लाख ९५ हजार ७११ जनालाई संक्रमण भएको छ । त्यस्तै ७० लाख ८७ हजार ७९६ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै दोस्रो प्रभावित मुलुक भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ३१ पुगेको छ भने अहिलेसम्म ८३ लाख ३३ हजार १३ जना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: