१ करोड पुरस्कार राशिको फुटबल आजदेखि

Share:

काठमाडौं, माघ ७-
राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आजदेखि शुरु हुँदैछ । होम एण्ड अवे प्रणालीको आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा बुधबार मनाङ मस्र्याङ्दी र सुदुरपश्चिमाञ्चल टीम कैलाली भिड्नेछन् । खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ ।
प्रतियोगितामा ५ वटा ए डिभिजन क्लव र जिल्लाका ४ वटा गरी ९ टिम सहभागि हुँदैछन् । प्रतियोगितामा मनाङ मस्र्याङदी, थ्री स्टार, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मीका साथै झापा ११, मोरङ फुटबल क्लव, लुम्बिनी फुटबल क्लव बुटवल र सुदुरपश्चिमाञ्चल फुटबल क्लव कैलाली सहभागि हुनेछन् ।
प्रतियोगिताको विजेताले १ करोड रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५० लाख र तेश्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: