विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १३ लाख ६५ हजार नाघ्यो, ५ करोड ७२ लाख संक्रमित

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ लाख ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ७५८ जनाको मृत्यु भएसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १३ लाख ६५ हजार ४६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४७ हजार ६३७ जना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७२ लाख ३१ हजार ६३५ पुगेको छ ।

हालसम्म विश्वमा संक्रमण मुक्त हुनेको संख्या ३ करोड ९७ लाख २० हजार ७२१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसैबीच सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २८० पुगेको छ । त्यहाँ कोरोना संक्रमित संख्या १ करोड २० लाख ६३ हजार ५७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७२ लाख २६ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै दोस्रो प्रभावित मुलुक भारतमा कोरोना संक्रमणबाट १ लाख ३२ हजार २०२ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ भने ८४ लाख २७ हजार १६ जना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: