
काठमाडौँ । भारत उत्तरप्रदेशमा विवाह समारोहबाट फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
उत्तरप्रदेशको प्रतापगढ जिल्ला प्रयागराज–लखनउ राजमार्गमा गएराति रोकिराखेको ट्रकमा ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो ।
विवाह समारोहबाट फर्कँदै गरेको गाडी टायर पञ्चड भएर सडकको छेउमा रोकिराखेको ट्रकमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटना लगत्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै दुर्घटना स्थलमा पुगेर आवश्यक सहयोग गर्न प्रशासनलाई निर्देशन दिएका छन् ।
कमेन्ट गर्नुहोस्
