पोखराका २९ सहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनायका अनुसार प्रदेशका ३ जिल्लाका ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका २९ जना रहेका छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका हुन् ।

निर्देशनायका अनुसार पोखरा महानगरपालिका वडा नं. १ का २१ र ५९ वर्षीय पुरुष तथा ३५ वर्षीया महिाला, वडा नं. ५ का ४३ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं. ६ का ४३, ४५ र ६४ वर्षीय पुरुष, वडा नं. ७ का ४१, ३० र ३७ वर्षीय पुरुष, वडा नं. ८ का ६१, २६, ३२ र ५२ वर्षीय पुरुष, वडा नं. ९ का ३३ र ७८ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं. १० का ५४ वर्षीय पुरुष, वडा नं. १३ की ४२ वर्षीया महिला, वडा नं.१६ की ४५ वर्षीया महिला, वडा नं.१७ का ६१, २३ र ३० वर्षीय पुरुष, वडा नं.२० का १३ वर्षीय बालक, वडा नं. २५ का २८ र ३५ वर्षीय पुरुष, वडा नं. २९ का १७ र २० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

लमजुङमा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा लमजुङको मस्र्याङ्दी वडा नं. ९ का ३ छ वर्षीय पुरुष, बेशीसहर वडा नं. ३ का ३९ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.७ का ५५ वर्षीय पुरुष, वडा नं.८ का २७ र ३९ वर्षीया महिला, वडा नं.९ का ५२ वर्षीय पुरुष रहेका छन् ।

यस्तै स्याङ्जामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भिरकोट वडा नं. ४ की ५१ वर्षीया महिला, पुतलीबजार वडा नं. १ की २४ वर्षीया महिलामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ७२५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: