
पोखरा । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका २१ जना, तनहुँका ९ जना र पर्वतका ३ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखरा वडा नं. १ की २६ वर्षीया महिला, वडा नं.५ की १९ वर्षीया महिला, वडा नं.७ का ३७ वर्षीय पुरुष, वडा नं.१३ का ७१ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला, वडा नं.१४ की ३० वर्षीया महिला, वडा नं. १७ का ९० वर्षीय पुरुष तथा ३०–३० वर्षीया महिला, गण्डकी मेडिकल कलेजमा परिक्षणका लागि आएका ५६, ५३, ६५, ५०, ४५ र २९ वर्षीय पुरुष तथा २६, २१, ४१, ४०, २४ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै तनहुँको म्याग्दे वडा नं. ७ की ५२ वर्षीया महिला, व्यास वडा नं.१ का ३९ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, वडा नं.३ की ४१ वर्षीया महिला, वडा नं.५ का ४९, ३५ र ३४ वर्षीय पुरुष, वडा नं.१० का ५२ र ६५ वर्षीय पुरुष एवं पर्वतको पैंयू वडा नं. ४ का ६० र २६ वर्षीय पुरुष वडा नं.५ का ५३ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ८२७ पुगेको छ ।
