कांग्रेस सांसद मोहनप्रसाद पाण्डेले आज शपथ ग्रहण गर्ने

665
0
Share:

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट समानुपातीक सांसद भएका मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा पाण्डेलाई पद तथा गोपनियताको शपथ गराउने कार्यतालिका छ ।

कांग्रेसका समानुपातिक सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त स्थानमा पाण्डे नियुक्त भएका हुन् ।

स्याङ्जाका पाण्डे यसअघि २०७० सालमा पनि सांसद बनेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: