
बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका ५ दाँगा स्थित भित्री कच्ची सडक खण्डमा पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार बिहान अन्दाजी ९:४५ बजे बडिगार्ड ५ सुरखुरेबाट खारातर्फ आउँदै गरेको लु १ ज ४३७० नम्बरको पिक अप जीप दुर्घटना हुँदा बडिगाड–५ दाँगा बस्ने अन्दाजी २२ वर्षीया टेकमाया राना र उनकी छोरी अन्दाजी ७ महिनाकी छायाँ रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीया गौमती रोका गम्भिर घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
