
पोखरा । कास्कीका ६० जना सहित गण्डकी प्रदेशमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका ९४ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ६० जना, स्याङ्जाका ११ जना, गोरखाका ९ जना, पर्वतका ८ जना, तनहुँका ५ जना र लमजुङका १ जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का २९ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं. २ की ३९ वर्षीया महिला, वडा नं.३ का ३४ र ३० वर्षीय पुरुष, वडा नं.४ का १८ वर्षीय पुरुष तथा ५३ र ६७ वर्षीया महिला, वडा नं.५ की २७ वर्षीया महिला, वडा नं. ६ की ७९ वर्षीया महिला, वडा नं.७ का २८ वर्षीय पुरुष तथा ५६ र ६३ वर्षीया महिला, वडा नं.८ का ६८, ७२, ३१, ४९, २५ र ५० वर्षीय पुरुष तथा २५ वर्षीया महिला, वडा नं.९ का ९ वर्षीय बालक सहित ६१ र २५ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला, वडा नं.१० का २३ वर्षीय पुरुष तथा ५० र ४० वर्षीया महिला, वडा नं.१२ की ५५ वर्षीया महिला, वडा नं. १३ का ३४ वर्षीय पुरुष तथा २३ वर्षीया महिला, वडा नं.१४ का २९ र २१ वर्षीय पुरुष, वडा नं.१५ का ६४ र ५० वर्षीय पुरुष तथा २३ वर्षीया महिला, वडा नं.१६ का ६५ र ५० वर्षीया महिला, वडा नं.१७ का ७६ र ३१ वर्षीय पुरुष, वडा नं.१९ का ५३ र ५७ वर्षीय पुरुष, वडा नं.२१ की २९ वर्षीया महिला, वडा नं.२५ का २५ वर्षीय पुरुष, वडा नं.२६ का ७० वर्षीय पुरुष, वडा नं.२७ का ३१, २४ र २८ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं.२९ का ७३, ५२–५२, ६०, र २५ वर्षीय पुरुष तथा २२ वर्षीया महिला, वडा नं.३० का २० वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.३१ का ४६ र ५३ वर्षीय पुरुष, वडा नखुलेका ३० वर्षीय पुरुष, रुपा गाउँपालिकाकी ३५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गोरखाको पालुङटार वडा नं.३ का ६३ वर्षीय पुरुष, वडा नं.७ का ६० वर्षीय पुरुष, गोरखा नगरपालिका वडा नं.८ का ५७ वर्षीय पुरुष, सिरानचोकका २१, २४ र ३५ वर्षीय पुरुष तथा ३०, ४७ र २१ वर्षीया महिला, स्याङ्जाको बिरुवा वडा नं. ६ का ४० वर्षीय पुरुष, वडा नं.७ का ५५ र ३० वर्षीया महिला, पुतलीबजार वडा नं. १४ का ७७ वर्षीय पुरुष, वडा नखुलेका ४१ र ६४ वर्षीय पुरुष, फेदीखोलाका ५८, ४८, ३९ र १६ वर्षीय पुरुष, वालिङ वडा नं. ८ का ५१ वर्षीय पुरुष, पर्वतको पैंयू वडा नं. २ का ३४, ४८ र ६३ वर्षीय पुरुष तथा ३८ र ३१ वर्षीया महिला, वडा नं.४ का २६ र ३३ वर्षीय पुरुष, वडा नं.५ की ५३ वर्षीया महिला, तनहुँको भानु वडा नं. ४ का २१ वर्षीय पुरुष, व्यास वडा नं.१ का ३९, ३८ र १७ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं. ५ का ३२ वर्षीय पुरुष, एवं लमजुङको सुन्दरबजार वडा नं. ७ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६५० पुगेको छ ।
