रूकुमपश्चिममा जन्ती बोकेको जिप दुर्घटनाः ५ जनाको मृत्यु

323
0
Share:

रुकुम । रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुकी करिब साढे ८ बजे जिल्लाको आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा आठबिसकोट–८ का ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चदारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर घाइते भएका सोही ठाउँ निवासी ५८ वर्षीय लालबहादुर सार्कीको भने थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा जाजरकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रोकेर यात्रु ओरालिरहेको गाडी एक्कासी पछि सरेर दुर्घटना भएको जनाइएको छ । पछि सरेर जिप एक सय मिटर तल पुगेको छ । जिप चालक डिल्लीबहादुर नेपाली भने शनिबार बिहान सम्पर्कमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: