
पोखरा । सुनको मूल्य आज (सोमबार) घटेको छ ।
आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर ९० हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोनाबार भएको थियो ।
यस्तै सोमबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार १ सय २० रुपैयाँमा झरेको छ ।
कमेन्ट गर्नुहोस्
