
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन् ।
पार्टी केन्द्रिय सचिवालयद्वारा आयोजित अन्तर्क्रीयामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको र काङ्ग्रेसको कमजोर र असफल प्रतिपक्षी भुमिकाले थप निराशा पैदा भएको चर्चा गर्दै बैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्न पार्टीलाई बनाउने गरि अघि बढ्न निर्देशन दिए ।
मुलुकमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसायको भन्दै थापाले शसक्त र हस्तक्षेपकारी भुमिका खेल्दै अघि बढ्न देशव्यपी सकृयतामा जोड दिए । हिन्दुराष्ट्र र राजसंस्थाको आबश्यकता दिनप्रतिदिन बढिरहेको र जनताको परिबर्तनको चाहना भएकोले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अघि बढाउने समेत थापाले बताए ।
महाधिवेशनलाई सफलता पुर्वक सम्पन्न गर्नको निमित्त समय सिमा भित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराए । कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान र भाष्कर भद्रा लगायतले बोलेका थिए ।
