
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।
नेकपा सचिवालयको शनिबार बसेको बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका दुबै प्रतिवेदन भोलि (आइतबार) बस्ने स्थायी कमिटिको बैठकमा लगेर छलफल गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्थायी कमिटीको बैठक पूर्व निर्धारित कार्यसूची अनुसार आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निश्चित भएको छ ।
कमेन्ट गर्नुहोस्
