पोखराको पृथ्विचोक बसपार्क स्थित एक होटलमा युवक मृत फेला

Share:

पोखरा । पोखराको पृथ्विचोक बसपार्क स्थित एक होटलमा युवक मृत अवस्थामा फेला परेका छन् ।

आइतबार दिउँसो करिब १ बजे पोखरा–९ पृथ्विचोक बसपार्क स्थित सुवास होटलमा मुस्ताङ जोमसोम–६ का ४२ वर्षीय मिन बहादुर गुरुङ मृत फेला परेका हुन् ।

उक्त होटलमा मंसिर १३ गतेदेखि बस्दै आएका गुरुङ कोठा भित्र मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: