सराङकोटमा एक महिला मृत फेला

Share:

पोखरा । पोखराको सराङकोटमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

ओखलढुंगाको वंखु गाउँपालिका–६ घर भई हाल पोखरा महानगरपालिक–१८ सिम्ताल सराङकोटस्थित कृष्ण जीसीको कच्ची घरमा डेरा गरी बस्ने ५५ वर्षीया मन्जु राई सोमबार मृत फेला परेकी हुन् ।

उनी बस्दै आएको घरभित्रै सोमबार दिउँसो १२ः१५ बजे मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार उनका श्रीमान हस्त बहादुर राई सोही स्थान आसपासमा ज्यामीको काम गर्दै आएका छन्।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धन शुरु गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: