
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) सर्वदलीय बैठक बोलाएका छन् ।
बिहान ११ बजे बालुवाटारमा बोलाइएको उक्त बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने बताइएको छ ।
आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाएका हुन् ।
यसअघि नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएका थिए । त्यसयता भने सर्वदलीय बैठक हुन सकेको थिएन ।
कमेन्ट गर्नुहोस्
