गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार दिउँसो प्रदेशका नवलपुर र लमजुङ गरी दुई वटा जिल्लाका ११ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा नवलपुरका ९ जना र लमजुङका दुई जना रहेका छन् ।

नवलपुरको गैंडाकोट वडा नं. १ का ३० वर्षीय पुरुष तथा ४४ वर्षीया महिला, वडा नं.२ का ६३ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, कावासोती वडा नं.३ का २१ र ४७ वर्षीय पुरुष, वडा नं.७ की ४० वर्षीया महिला, वडा नं.९ का ९२ वर्षीय पुरुष, मध्यबिन्दु वडा नं.१५ का ६० वर्षीय पुरुष एवं लमजुङको बेशीसहर वडा नं.८ का ७६ वर्षीय पुरुष, सुन्दरबजारका वडा नं.७ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९७६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: