
काठमाडौँ । छिमेकी मुलुक भारतमा ९७ लाख ६७ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ३१ हजार ५२२ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमित संख्या ९७ लाख ६७ हजार ३७२ पुगेको हो ।
संक्रमित मध्ये अहिलेसम्म ९२ लाख ५३ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टाको अवधिमा त्यहाँ ३७ हजार ७२५ जना संक्रमण मुक्त भएका हुन् ।
यस्तै त्यहाँ गत २४ घण्टामा ४१२ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ७७२ पुगेको छ ।
हाल भारतमा ३ लाख ७२ हजार २९३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
कमेन्ट गर्नुहोस्
