इबोलाका कारण गोरिल्ला र चिम्पान्जीको अस्तित्वनै खतरामा

Share:

एजेन्सी – अफ्रिकी देशमा हजारौंको ज्यान लिएको इबोलाको संक्रमण चिम्पान्जि र गोरिल्लाहरुका लागि भने झनै खतरनाक बनेको छ । पश्चिम अफ्रिकाका गिनी, सियरा लियोन, लाइबेरिया लगायत देशमा मानव स्वास्थ्यको गम्भीर खतरा बनेको इबोलाका कारण  सन् १९९० देखि अहिलेसम्म एक तिहाइ गोरिल्ला तथा चिम्पान्जी मरेका छन् । इबोला संक्रमण चिम्पान्जी तथा गोरिल्लाका लागि भने अस्तित्वकै खतराका रुपमा रहेको विज्ञले बताएका छन् ।

अहिले गोरिल्लामा ९५ प्रतिशत र चिम्पान्जीमा ७७ प्रतिशत मृत्युदर छ ।  सन् १९९५ मा फैलिएको इबोला संक्रमणका कारण उत्तरी गोबानको मिङकेबे पार्कका ९० प्रतिशत गोरिल्ला मरेका थिए ।

यस्तै सन् २००२/०३ मा फैलिएको संक्रमणका कारण प्रजातान्त्रिक गणतन्त्र कंगोका पाँच हजार वेस्टर्न गोरिल्ला मारिएका थिए । चिम्पान्जी र गोरिल्लाको संख्या कति छ भन्ने यकिन तथ्यांक नभएपनि विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफले एक लाख भन्दा बढी गोरिल्ला र चिम्पान्जी रहेको अनुमान गरेको छ ।

इबोलको एक पटकको संक्रमणले मात्रै पनि गोरिल्ला र चिम्पान्जीको ठूलो संख्या मासिने छन् । अफ्रिकामा बढी पाइने गोरिल्ला र चिम्पान्जीको संख्या घट्दै जानुको कारण इबोला मात्रै नभएर त्यस क्षेत्रमा चलेको द्वन्द्व, गैरकानूनी व्यापार तथा अन्य संक्रामक रोग पनि हुन् ।

कमेन्ट गर्नुहोस्
Share: