विश्वकप छनोटको खेल तालिका सार्वजनिक

Share:

काठमाडौँ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको एसियाको छनौट खेलको दोस्रो राउण्डको खेल तालिका सार्वजनिक भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नेपालले चाइनिज ताइपेइविरुद्ध मार्च २५ (चैत्र १२ गते ) खेल्ने छ भने अस्ट्रेलियाविरुद्ध मार्च ३० (चैत्र १७ ) मा खेल्ने छ । त्यस्तै नेपालले जोर्डनविरुद्ध जुन ७ (जेठ २४, २०७८) मा खेल्ने छ ।

नेपालले तीन वटै खेल घरेलु मैदानमा खेल्नेछ ।

नेपाल छनोटको समूह बीमा रहेको छ । र पहिलो लेगमा चाईनिज ताईपेलाई हराउँदै ४ अंक जोडेको छ ।

पालले सन् २०२० मा समूह चरणका चार खेले खेलेको थियो । नेपालले अन्तिम पटक छनोटको खेल कुवेतसँग १–० ले गुमाएको थियो ।

यस अघि मार्च र अप्रिल मै हुनुपर्ने खेलहरु कोरोनाका कारण स्थगित भएका थिए । त्यसपछि अक्टोबर(नोभेम्बरमा हुने भनिएको भएपनि महामारी नरोकिएपछि अर्को बर्षका लागि सरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: