पोखराका ४५ सहित गण्डकीमा थप ८१ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ४५ सहित गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ४५ जना, नवलपुरका २० जना, तनहुँका १३ जना, पर्वतका २ जना र स्याङ्जाका १ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

पोखरा वडा नं.१ का ७ वर्षीय बालक तथा ३१ वर्षीया महिला, वडा नं.२ का ३५ वर्षीय पुरुष, वडा नं.५ का ६४ र ३१ वर्षीय पुरुष तथा ५६ वर्षीया महिला, वडा नं. ७ का ७७ वर्षीय पुरुष तथा ७० र २४ वर्षीया महिला, वडा नं.९ का ३१ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं. १० का ३८ र ४० वर्षीय पुरुष तथा ३० र ३६ वर्षीया महिला, वडा नं.११ का २२, २५ र ४१ वर्षीय पुरुष तथा २४–२४, ५३, २२ र २५ वर्षीया महिला, वडा नं.१२ का ५६ वर्षीय महिला, वडा नं.१३ का ४९ वर्षीय पुरुष, वडा नं.१४ का २३ वर्षीय पुरुष, वडा नं.१५ का २७ वर्षीय पुरुष, वडा नं.१६ का १६ वर्षीय पुरुष तथा ३० र ४१ वर्षीया महिला, वडा नं.१७ का २३ र ६६ वर्षीय पुरुष तथा २४ र २९ वर्षीया महिला, वडा नं. १८ का २४ वर्षीय पुरुष, वडा नं.१९ का ५७ वर्षीय पुरुष, वडा नं.२५ का ४४ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.२६ का २२ वर्षीय पुरुष तथा २६–२६ र २३ वर्षीया महिला एवं वडा नं. ३२ का २० र ४२ वर्षीय पुरुष तथा ५१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै, नवलपुरको हुप्सेकोट वडा नं.४ का १९ वर्षीय पुरुष, कावासोती वडा नं.३ का ६४, २३ र ४० वर्षीय पुरुष तथा ४७ र ३८ वर्षीया महिला, वडा नं.५ का ३९, ४५ र ५८ वर्षीय पुरुष, वडा नं.६ का १४–१४ र ८० वर्षीय पुरुष तथा ४६, ३७, १५ र १७ वर्षीया महिला, वडा नं.७ की ३६ वर्षीया महिला, वडा नं.८ का ५५ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, वडा नं.१५ का ४५ वर्षीया महिला, तनहुँको बन्दीपुर वडा नं.१ की २५ वर्षीया महिला, व्यास वडा नं.२ की ६८ वर्षीया महिला, भानु वडा नं.५ का ५७ वर्षीय पुरुष तथा ५३, ४५ र ४० वर्षीया महिला, शुक्लागण्डकी वडा नं.४ की ४१ वर्षीया महिला, वडा नं.६ का १४ र ३७ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं.८ का २४ वर्षीय पुरुष, वडा नं.१० का ४९ वर्षीय पुरुष, वडा नं. १२ की ४१ वर्षीया महिला, पर्वतका बिहादी वडा नं.२ का ५३ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, स्याङ्जाको वालिङ वडा नं.१३ की ६२ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार २१६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: