भारतमा कोरोनाबाट मुत्यु हुनेको संख्या १ लाख ४३ हजार नाघ्यो

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ४३ हजार नाघेको छ । गत २४ घण्टामा ३३८ संक्रमितको मृत्यु भएसँगै मुतक संख्या १ लाख ४३ हजार ३ सय ९३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा २७ हजार ३३६ जनामा कोरोना पुष्टि भएको छ । यससँगै भारतमा संक्रमितको संख्या ९८ लाख ८४ हजार ७१६ पुगेको छ ।

संक्रमितमध्ये ९३ लाख ८७ हजार ६०८ जना संक्रमणमुक्त भएका छन् ।

हाल ३ लाख ५३ हजार ७१६ सक्रिय संक्रमित रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: