कास्कीका ६८ सहित गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ६८ सहित गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार (आज) हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ८६ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा कास्कीका ६८ जना, नवलपुरका १० जना, तनहुँका ६ जना र स्याङ्जाका २ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ३३, ३९ र ५५ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.५ का ३३, ४४ र ३६ वर्षीय पुरुष, वडा नं.६ का ६० र १९ वर्षीय पुरुष तथा ३१ वर्षीया महिला, वडा नं. ८ का ४३ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला, वडा नं. ९ का ४८ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं.१० का ३१, ४४, १५ र ७१ वर्षीय पुरुष तथा २३, ७५ र १७ वर्षीया महिला, वडा नं.११ का ४२, ५८, ७१, ४३, ४७, २१, ४६, ४९ र ३७ वर्षीय पुरुष तथा २८–२८, २५ र २२ वर्षीया महिला, वडा नं.१२ का ४५ र ४० वर्षीय पुरुष तथा ४९, १९ र २४ वर्षीया महिला, वडा नं. १४ का ५० र ५८ वर्षीय पुरुष तथा ५९ वर्षीया महिला, वडा नं.१६ का ३९ वर्षीय पुरुष तथा ३९ र ६३ वर्षीया महिला, वडा नं.१७ का ६८ र ४७ वर्षीय पुरुष तथा ८२ र ३५ वर्षीया महिला, वडा नं. १८ का ५१ वर्षीय पुरुष, वडा नं. १९ का ४३ वर्षीय पुरुष, वडा नं. २५ का २४, ४३, ३३, ३९, ३६, ४६–४६, ५१, ३८ वर्षीय पुरुष, वडा नं. २७ का ७६ वर्षीय पुरुष, वडा नं.२९ का ६८ वर्षीया महिला, वडा नं.३१ का ४० वर्षीय पुरुष, वडा नं.३२ का ५० वर्षीय पुरुष, मणिपाल शिक्षण अस्पतालमा ७२ वर्षीय पुरुष, फेवासिटी अस्पतालमा १९–१९ वर्षीय पुरुष तथा २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै, नवलपुरको बिनयत्रिवेणी वडा नं. ३ का ५९ र ३२ वर्षीय पुरुष तथा २८, ५५ र ३३ वर्षीया महिला, गैंडाकोट वडा नं.२ का ४१ वर्षीय पुरुष, वडा नं.८ का ४४ वर्षीय पुरुष, हुप्सेकोट वडा नं.३ का २१ वर्षीय पुरुष, कावासोती वडा नं.५ की २१ वर्षीया महिला, मध्यविन्दु वडा नं. ११ का ४५ वर्षीय पुरुष, तनहुँको व्यास वडा नं.४ का २९ वर्षीया महिला, म्याग्दे वडा नं.४ की ७३ वर्षीया महिला, भिमाद वडा नं.४ का ६४ वर्षीय पुरुष, वडा नं.५ का ४० वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं.९ का ४० वर्षीय पुरुष, वडा नं.६ का ७४ वर्षीय पुरुष एवं स्याङ्जाको पुतलीबजार वडा नं.३ का ५१ वर्षीया महिला, वालिङ वडा नं.४ का १० वर्षीया बालिकामा पनि कोरोना संक्रमण भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ४२१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: