ओबामा भारत भ्रमणमा, ओबामा र मोदीको एउटै छ व्यक्तित्व, थाहा पाउनुस् कसरी…

Share:

काठमाडौं, माघ ११ – अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतको गणतन्त्र दिवसको अवसर पारेर भारत भ्रमणमा छन् । जुन प्रकारले ओबामाले अमेरिकामा काया पलट गरेर आफ्नो पहिचान बनाएका छन् र लगातार दोस्रो पटक राष्ट्रपति बनेका छन्, त्यसरी नै नरेन्द्र मोदीले पनि भारतका मानिसहरुमाझ आफ्नो स्थान सुनिश्चित बनाइसकेका छन् । यति मात्र होइन मोदीले भारतीय जनता पार्टीलाई पनि भारी मतका साथ विजयी बनाएर भारतको प्रधानमन्त्री बनेका छन् । यस्ता थुप्रै कुराहरु छन् जसले ओबामा र मोदी एकजस्तो भान गराउँदछ ।

संघर्षमय बाल्यकालः

मोदी मध्यम वर्गीय परिवारका हुन् र उनको बाल्यकाल निकै संघर्षपूर्ण बित्यो । आज उनले जुन नाम कमाएका छन् त्यो उनको कुनै पेवा होइन, यसका लागि उनले निकै ठूलो संघर्ष गर्नुपरेको थियो । यसरी नै ओबामा पनि मध्यम वर्गीय परिवारका नै हुन् र उनको बाल्यकाल पनि निकै संघर्षपूर्ण बित्यो । उनले पनि यो स्थानसम्म आइपुग्न ठूलो संघर्ष गर्नुपरेको थियो ।

नकारात्मक टिप्पणीः

भनिन्छ, चर्चित मानिसहरुले आफूमाथि हुने अनेकौँ बिरोधको पनि सामना गर्नुपर्ने हुन्छ । यस्तै अवस्थाको सामना ओबामा र मोदीले पनि गरेका थिए । जब मोदीलाई भारतको प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरियो तब मानिसहरुको एउटा चिया बेच्ने मानिस कसरी प्रधानमन्त्री हुनसक्छ भनेर टिप्पणी गरेका थिए । अन्ततः मोदीले प्रधानमन्त्री बनेरै छाडे । यस्तै अर्कोतर्फ ओबामालाई जब राष्ट्रपतिको उम्मेद्वारको रुपमा छानियो तब ओबामाको रंगको विषयमा निकै टिका टिप्पणी गरिएको थियो । कतिले त ‘एक काला व्यक्ति’ अमेरिकाको राष्ट्रपति बन्न असम्भव छ समेत भनेका थिए । यस्तो भनाईलाई लत्याउँदै ओबामा एकपटक होइन दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेका छन् ।

सोसल मिडियामा सक्रियः

आधुनिकताको दौडमा ओबामा र मोदी पछाडि छैनन् । दुबैले जनतासमक्ष आफ्ना भनाई पुर्याउन सोसल मिडियाको सहारा लिने गर्दछन् । नरेन्द्र मोदीको ट्विटरमा करिब ९ मिलियन फलोवर्स छन् र फेसबुकमा करिब २७ फलोअर्स छन् भने ओबामा पनि फ्यान फलोविङमा निकै अगाडि छन् । ट्विटरमा ओबामाको ५३ मिलियन र फेसबुकमा करिब ४४ मिलियन फलोवर्स छन् ।

युवा हुन् भविष्यः

युवाको विषयमा मोदी र ओबामाको सोच एउटै छ भन्दा दुई मत नहोला । दुबैले युवाहरुलाई देशको भविष्य मान्ने गर्दछन् । मोदीले कुनै पनि देशको भविष्य युवा नै भएको बताउँदै उनले पहिलो पटक ‘योंग भोटर्स’ का लागि आफ्नो निर्णय बदलेका थिए जसका कारण नतिजा उनको पक्षमा आयो । ओबामा पनि युवालाई आफ्नो देशको भविष्य मान्ने गर्दछन् । उनले भोटको लागि युवाहरुलाई जुटाए फलस्वरुपः परिणाम उनको पक्षमा नै रह्यो ।

राजनीतिको एउटै अन्दाजः

बाराक ओबामा र नरेन्द्र मोदी दुबै अफ्नो राजनीतिक व्यवहारका लागि चर्चित छन् । मोदी गान्धी नगर, गुजरातबाट आफ्नो राजनीतिक शैलीको लागि चर्चित बने भने ओबामा शिकागो, इलिनोएजबाट चर्चित भए । जब यी दुबै व्यक्तित्वले जनतालाई सम्बोधित गर्छन् तब उनीहरुको शैली एकै प्रकारको हुने गर्दछ ।

कमेन्ट गर्नुहोस्
Share: