
काठमाडौँ । नेपालमा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २९१ महिला र ४४५ जना पुरुष गरी ७३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म २ लाख ३९ हजार ४१६ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ८४७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, गत २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ । क्वारेन्टीनमा ४५२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५५ नमुना परिक्षण भएको छ भने हालसम्म १८ लाख ४९ हजार १३६ परिक्षण भएको छ ।
