पोखराको रामकृष्ण टोलबाट लागुऔषध सहित दुई जना पक्राउ

Share:

पोखरा । पोखराको रामकृष्ण टोलबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ रामकृष्ण टोल बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ र सोही स्थान बस्ने भक्तपुर जिल्ला स्थायी घर भएका ४५ वर्षीय लक्ष्मी कृष्ण भासिमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ५ः४५ बजे रामकृष्ण टोलस्थित हिडिरहेको अवस्थामा लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता कृष्ण बस्यालले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ११३ एम्पुल, फेनारगन ११३ एम्पुल, नुर्फिन ११३ एम्पुल सहित २ थान मोवाइल समेत बरामद गरेको छ ।

उनीहरु विरुद्ध लागुऔषध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: