
पोखरा । देशका पहाडी भूभागमा बिहीबार (आज) आंशिक बदली रही बाँकी क्षेत्रको मैसम सामान्यतया सफा रहनेछ ।
हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागिरहेको छ।
बिहीबार दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति पनि देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
कमेन्ट गर्नुहोस्
