रामेश्वरी उच्च माविको स्वर्ण महोत्सव जारी, माविस्तरीय चित्रकला र नृत्य प्रतियोगिता सम्पन्न

Share:

पोखरा, १२ माघ। पोखरा–१४ मझेरीपाटनस्थित रामेश्वरी उच्च माविको स्वर्ण महोत्सव–२०७१ अन्तर्गत सोमबार माविस्तरीय चित्रकला प्रतियोगिता र माविस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएका छन्।

१३ विद्यालयको सहभागिता रहेको माविस्तरीय चित्रकला प्रतियोगितामा सेन्ट फ्रान्सिस स्कुलका रोजी भुजेल प्रथम, शहीद स्मृति आवासीय विद्यालयका सोनी गुरुङ द्वितीय र एसओएस हर्मन माइनर विद्यालयका चन्द्रबहादुर घर्ती तृतीय भएका छन्। यसैगरी माविस्तरीय नृत्य प्रतियोगितामा सिद्ध उमाविका प्रतीक्षा थापा प्रथम, कालिका उमाविका अपेक्षा क्षत्री द्वितीय, बेसलाइन एकेडेमीका प्रमिला गुरुङ तृतीय र सेन्ट फ्रान्सिस स्कुलका सेजुल पुन सान्त्वना भएका छन्।प्रतियोगितामा आठ विद्यालयको सहभागिता रहेको थियो।

यस्तै विद्यालयस्तरीय कबड्डी प्रतियोगिता पनि सोमबारदेखि सुरु भएको छ। छ टीमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनलमा आयोजक रामेश्वरी उमावि ए र बी प्रवेश गरेका छन्। पहिलो सेमिफाइनल खेलमा रामेश्वरी उमावि बी ले शुक्रराज बलभद्र उमाविलाई ४३–१२ ले पराजित ग¥यो भने दोस्रो खेलमा रामेश्वरी उमावि ए ले शहीद स्मृति आवासीय विद्यालयलाई ११–६ ले पराजित गरेको थियो। यसअघि पहिलो खेलमा शहीद स्मृति आवासीय विद्यालयले शान्तिदीप बोर्डिङ स्कुललाई तथा दोस्रो खेलमा रामेश्वरी उमावि बी ले सिद्ध उमाविलाई पराजित गरेका थिए। फाइनल खेल म·लबार हुने विद्यालयका हरि जिसीले जानकारी दिए।

सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि विद्यालयका संस्थापक सदस्य, समाजसेवी एवं वयोवृद्ध लक्ष्मण कार्कीले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै एकलाख पाँच हजा पाँच रुपैयाँ सहयोग प्रदान गरेका थिए। यस्तै विद्यालयका भूपू प्रधानाध्यापकद्वय मुनबहादुर कार्की र बयानबहादुर कार्कीले जनही ५० हजार पाँच रुपैयाँ सहयोग प्रदान गरेको स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक भीमसेन थापाले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ डिलशोभा गुरुङले स्वागत मन्तव्य र शिक्षक पूर्णदीप सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए। माघ १७ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरेर मनाउन लागिएको स्वर्ण महोत्सव कार्यक्रमअन्तर्गत माघ १३ गते ३५ वर्षमाथिको पाँच किमी भेट्रान्स दौड, नृत्य तथा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता, माघ १४ गते माविस्तरीय छात्र सेभेन–ए–साइड फुटबल प्रतियोगिता, आमा समूहको कार्यक्रभ तथा जुनियर तेक्वान्दो प्रतियोगिता, माघ १५ गते फुटबलको फाइनल, जुनियर तेक्वान्दो प्रतियोगिता, भूपू विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिको पुनर्मिलन समारोह, माघ १६ गते रक्तदान कार्यक्रम, वार्षिक छात्रवृत्ति एवं पुरस्कार वितरण तथा आन्तरिक साँस्कृतिक कार्यक्रम रहेको छ प्रचार–प्रसार उपसमितिका सदस्य पृथ्वी कुँवरले जानकारी दिए।

अन्तिम दिन अर्थात माघ १७ गते विद्यालयलाई आर्थिक, नैतिक तथा भौतिकरूपमा सहयोग पु¥याउने वभिन्न सङ्घसंस्था तथा व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रहेको स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक भीमसेन थापाले जानकारी दिए। २०२१ साल माघ ८ गते स्थापना भएको विद्यालयमा २०५६ सालमा निमावि, २०६४ सालमा मावि हुँदै २०६७ सालमा उच्च मावि भएको हो। हाल विद्यालयमा चार सय ५० विद्यार्थी अध्ययनरत छन् भने २२ जना शिक्षक रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: