पोखराको नदीपुरबाट लागूऔषधसहित युवक पक्राउ

Share:

पोखरा । पोखराको नदीपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

बिहीबार साँझ पोखरा–३ नदीपुर निवासी ३४ वर्षीय बालकृष्ण गिरीलाई लागूऔषध लिएर हिडिरहेको अवस्थामा कास्की प्रहरीले पक्राउ गरेको हो ।

गिरीको साथबाट डाइजापाम ३४ एम्पुल, फेनरागन ३७ एम्पुल, नुर्फिन ३५ एम्पुल बरामद गरिएको छ ।

गिरी विरुद्ध लागूऔषध सम्बन्धी कसूर अन्तरगत कास्की जिल्ला अदालतबाट दिन सात (७) म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: