
पोखरा । देशका अधिकांश स्थानमा सोमबार आज आंशिक देखि सामान्य बदली रहनेछ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले बदली हुने जल तथा मौसम पूर्वानुमान महाशनखाले जनाएको छ ।
अहिले बिहान सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कमेन्ट गर्नुहोस्
