विश्वभर कोरोनाले १६ लाख ९९ हजारको मृत्यु

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख ९९ हजार नाघेको छ ।

वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा ७ हजार ९४१ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोना संक्रमित मृतकको संख्या १६ लाख ९९ हजार १४७ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप ५ लाख ४६ हजार ७५६ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७१ लाख ५८ हजार ९२४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर ५ करोड ४० लाख ७८ हजार ४८४ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ३ लाख ३३ हजार ८९१ जना संक्रमणमुक्त भएका हुन् ।

हाल विश्वभर २ करोड १३ लाख ८१ हजार २९३ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार २७५ गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ८६९ पुगेको छ ।

त्यहाँ कोरोना संक्रमितको संख्या १ करोड ८२ लाख ६७ हजार ५७९ पुगेको छ भने तीमध्ये १ करोड ६ लाख २२ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।

हाल अमेरिकामा ७३ लाख २० हजार ६२८ सक्रिय संक्रमित छन् । ती मध्ये २७ हजार ९९७ गम्भिर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: