भारतमा थप ३३० कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ३३० संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ८४३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा ९६ लाख ५ हजार ३९० जना निको भएका छन् । गत २४ घण्टामा २५ हजार ७०९ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २४ हजार ५८९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार २४८ पुगेको छ ।

हाल भारतमा ३ लाख ५ हजार १५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: