कास्की काँग्रेसले आज प्रदर्शन गर्दै

Share:

पोखरा । असंवैधानिक, अलोकतान्त्रिक संसद विघटन विरुद्व कास्की काँग्रेसले पोखरामा सोमबार प्रदर्शन गर्ने भएको छ ।

अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं, सर्वसत्तावाद विरुद्व एकजुट होऔं भन्ने मूल नाराका साथ प्रदर्शन गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् ।

सोमबार दिउँसो १ बजे पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयबाट शुुरु हुने प्रदर्शन महेन्दपूलमा पुगेर विरोध सभामा परीणत हुने कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: