पोखराका ३३ सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ३३ सहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका ४० जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ३३ जना, स्याङ्जाका ४ जना र तनहुँका ३ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की २५ वर्षीया महिला, वडा नं.२ का ५७ वर्षीय पुरुष, वडा नं.४ का २७ वर्षीय पुरुष तथा ७७ वर्षीया महिला, वडा नं.५ का ३१ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, वडा नं.६ का १९ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं.७ की ५० वर्षीया महिला, वडा नं.८ का ४४ वर्षीय पुरुष, वडा नं.११ का ३१ र ४१ वर्षीय पुरुष, वडा नं.१२ की ४१ वर्षीया महिला, वडा नं.१४ का ४१, ४५ र ५८ वर्षीय पुरुष तथा २१ र ५८ वर्षीया महिला, वडा नं.१५ का ५० वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं.१७ का ५४ र ८४ वर्षीय पुरुष तथा २१, ५७, ८६, १९ र २२ वर्षीया महिला, वडा नं.१८ का ३८ वर्षीय पुरुष, वडा नं.१९ का ३३ र ४३ वर्षीय पुरुष, वडा नं.२६ की ३५ वर्षीया महिला, वडा नं.२७ का ४० वर्षीय पुरुष र वडा नं.३१ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, स्याङ्जाको वालिङ वडा नं.४ का २० वर्षीय पुरुष, वडा नं.९ की ४५ वर्षीया महिला, आँधिखोला वडा नं.१ की ७४ वर्षीया महिला, अर्जुनचौपारी वडा नं.४ का २६ वर्षीय पुरुष एवं तनहुँको बन्दीपुर वडा नं.१ का ३१ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, म्याग्दे वडा नं.३ का ३१ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: