सुनचाँदीको मूल्य घट्यो, कति छ आज?

Share:

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ । आज सुनको मूल्य ९४ हजार रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला ५० रूपैयाँ घटेको छ । चाँदी आज एक हजार २६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार ३१५ मा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: