
तनहुँ । तनहुँमा एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको भीमाद नगरपालिका–७ चारघरे निवासी ६७ वर्षीय ओमबहादुर थापाको सोही वडाको चापगौरी खोलाको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार घरबाट हिडेका थापा नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
