पोखरामा सेती नदीको पुलबाट खसेर एक महिलाको मृत्यु

Share:

पोखरा । पोखरामा सेतीनदीको पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

पोखरा वडा नं २९ को पटनेरी र वडा नं ३३ को बागमारा जोड्ने पटनेरी स्थित सेती नदीको पुलबाट शुक्रबार दिउँसो १२ः५५ बजे खसेर ५१ वर्षीया महिलाको मृत्यु भएको हो ।

हालसम्म परिचय नखुलेकी ती महिलाको सेतीनदी किनारमा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: