
विरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट अनि व्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानू उपयुक्त बिकल्प र अबसर भएको बताएका छन् ।
आज पर्साको बिरगंजमा आयोजित बिरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको विषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए ।
प्रचण्ड र ओलिको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको बताए । नेकपा भित्रको अन्तरबिरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो । ब्यक्ती परिबर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिबर्तन गर्नुपर्नेमा जोड दिए । आफू राप्रपालाई सहयोग गर्नुस् भन्न आएको भन्दै थापाले भने ” हामी आफै देश बनाउन सक्छौ, राप्रपा लाई बिश्वास गर्नुस हिन्दुराष्ट्र दिन्छौ, राजसंस्था दिन्छौ। विकास र समृद्धि दिन्छौ।”
थापाले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखी विप्लब, काङ्ग्रेस कम्युनिस्ट, मधेशबादी सबै अट्ने व्यबस्था राप्रपाको चाहना भएको बिचार व्यक्त गरे । कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता राजिब पराजुलीले मधेश र मधेसी जनताको हक हित र बिकासको निमित्त राप्रपा नै आबश्यक भएको बताए ।केन्द्रिय सदस्य नगिना यादब र जिल्ला अध्यक्ष सोमेश्वर यादब लगायतले बोलेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नुहुनेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए ।
कार्यक्रम पछि जिल्ला केन्द्रीय सदस्य यादबको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
कमेन्ट गर्नुहोस्

