
पोखरा । नेपाली बजारमा सोमबार (आज) सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९४ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर १३ सय १५ मा पुगेको महासंघले जनाएको छ ।
चाँदी आइतबार १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
