
बिग न्युज पोखरा, १४ माघ। ह्दयघात भएर काठमाडौंको शहीद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा उपचाररत पत्रकार शिवराज बस्ताकोटीको उपचारका लागि बिग एफएमले १० हजार रुपैंया सहयोग प्रदान गरेको छ । यस्तै, बिग एफएमका न्युज कोओर्डिनेटर माधव पनेरुले दुई हजार, न्युज प्रिजेण्टर गोकुल बानियाँले एक हजार, न्युज प्रिजेण्टर रञ्जन अधिकारीले पाँच सय सहयोग प्रदान गरेका छन् भने अन्य मेम्बरहरुबाट पनि सहयोग संकलन जारी रहेको छ ।
बुधबारसम्म दुई लाख बढी रकम सड्ढलन भएको र सड्ढलित रकम बस्ताकोटीको उपचारको लागि पठाइसकिएको सहयोग समितिका सदस्य माधव पनेरुले जानकारी दिए। क्रान्तिकारी पत्रकार संगठन कास्कीका सल्लाहकार समेत रहेका पत्रकार बस्तोकोटीका लागि नेकपा माओवादी कास्कीको सक्रियतामा पार्टी सदस्य तथा शुभचिन्तकबाट ६० हजार सड्ढलन भएको छ। आदर्श समाज राष्ट्रिय दैनिकले तीन हजार, गण्डकी सञ्चार गृहका कार्यरत पत्रकारहरूबाट पाँच हजार, पत्रकार हरि भट्टराई एक हजार, पत्रकार रुद्र भट्ट एक हजार, पत्रकारहरू रामजीप्रसाद लम्सालले एक हजार, प्रेम नेपालीले एक हजार, गुप्तप्रसाद शर्माले पाँच सय, अविष्कार दैनिकका धन बस्नेत र दीपकबहादुर गोदारले पाँच–पाँच सय र प्रकाश बरालले पाँच सय प्रदान गरेका छन्।
यस्तै, सहयोग गर्नहरूमा यातायात व्यवस्था कार्यालय पोखराका लेखापढी संघका कर्मचारीबाट ११ हजार, कोपिला रानाभाट पोखरेल चार हजार, डा. प्रसाद क्षेत्री दुई हजार, पौडेल प्लाष्टिक बगर एक हजार एक सय, रतन रेग्मी एक हजार, रामप्रसाद भुर्तेल एक हजार, इन्द्रकाजी गुरुङ एक हजार, विष्णु पौडेल पाँच सय, प्रकाश पगेनी पाँच सय, ठाकुरप्रसाद काप्री एक हजार, टीकाराम पौडेल एक हजार, एकबहादुर गुरुङ एक हजार, र ओझा खाजा घर न्यूरोड पाँच सय सहयोग प्राप्त भएको छ।
मङ्गलबार हृदयघात भएका पत्रकार शिवराज बस्ताकोटी ‘शिवदाई’को काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको छ। ४९ वर्षिय पत्रकार बस्ताकोटीको उपचारका लागि तीन लाख खर्च हुने अस्पतालले जनाएको छ। सराङकोट साप्ताहिकमा आबद्ध पत्रकार बस्ताकोटी क्रान्तिकारी पत्रकार संगठनक कास्कीका सल्लाहकार पनि हुन्। पत्रकार बस्ताकोटीको उपचारका लागि गठित सहयोग समितिले उनको उपचारका लागि सहयोग गर्न सबैमा आग्रह गरेको छ। उपचारका लागि सहयोग गर्न चाहने महानुभावलाई माधव पनेरुको सम्पर्क नं ९८५६०३७४८९ र यदुनाथ बञ्जारको सम्पर्क नं ९८५६०३३३९१ मा सम्पर्क गर्न समितिले आग्रह गरेको छ।

