
पोखरा । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन प्रतितोला रु ८०० ले घटेर ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ ।
प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मा कारोवार भैरहेको महासङ्घले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
