
पोखरा । देशका धेरै स्थानमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, राति प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
यसैगरी तराईका केही स्थानहरुमा विहानी पख लागेको हुस्सुरकुहिरो मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।
कुहिरोरहुस्सु लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
