भारतमा थप २१ हजार ९५७ जनामा कोरोना पुष्टि, २९९ को मृत्यु

Share:

पोखरा । छिमेकी देश भारतमा थप २१ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा ९८ लाख ५९ हजार ७६२ जना निको भएका छन् । गत २४ घण्टामा २६ हजार ४२३ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २९९ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ७७४ पुगेको छ ।

हाल भारतमा २ लाख ५८ हजार ७४७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोना संक्रमणबाट भारत विश्वमै दोस्रो धेरै प्रभावित मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: