
पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एंवम पूर्व युवा था खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले शिर्ष नेताहरुका कारण संकटमा परेको नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउने अभिभारा युवाहरुको काँधमा आएको बताएका छन् ।
बुधबार पोखरा १८ वडाकमिटीको अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री विश्वकर्माले पार्टीका शिर्र्ष तहका नेताहरु आत्मकेन्द्रित भएर निहीत स्वार्थमा लाग्दा नेपालको कम्युनिस्ट आन्दोलनमा संकट आउनु दुर्भाग्यपूर्ण परिस्थिति भएको बताए।
उनले अहिले पार्टीले लिएको जनताको बुहदलिय जनबादको नीति, विचार, सिद्धान्त र मूल्य मान्यताहरुलाई आत्मसाथ गरेर नै नेपालको कम्युनिस्ट आन्दोलनले उचाई हासिल गरेकाले यसलाई नै निरन्तरता दिनुपर्ने धारणा राखे । पार्टीको अहिले लिएको नीतिविचार र सिद्धान्तको सहिपना पुष्टि भएर विश्व कम्युनिस्ट आन्दोलनमा नेपालले बनाएको विशिष्ट आन्दोलनलाई अघि बढाउनु पर्ने चुनौतीलाई पुरा गर्न सबै युवाहरु एकवद्ध भएर अगाडी बढ्नुपर्छ, उनले भने ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य दिपक पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओलीलाई काम गर्न नदिने, घेराबन्दी गर्ने, असहयोग गर्ने र भएका कामहरुको पनि सकारात्मक प्रचार नगर्ने जस्ता गतिविधि बढ्दै जादा आजको दुर्भाग्यपूर्ण स्थिति आएको बताउँदै सहि र गलतको फैसला गर्ने जिम्मा जनताको भएको बताए ।
भेलामा वडा कमिटी अध्यक्ष पुस्कल बहादुर थापाले सराङ्कोट बासीको साथमा सराङ्गकोट वडा कमिटि रहने बताए । उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओलीले गरेको निर्णय स्वागतयोग्य रहेको धारणा राख्दै युवाहरु एकवद्ध भएर विकास र समृद्धिको बाटोमा नै अगाडी बढ्नु पर्नेमा जोड दिए ।
उक्त भेलामा पोखरा वडा नं १८ का युवा तथा कार्यक्रताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

