भोलि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको बृहत कार्यकर्ता भेला

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको बृहत कार्यकर्ता भेला भोलि पुस १७ गते पोखरामा हुने भएको छ।

पार्टीमा स्पस्ट दुईधार देखिए पछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिहान ११ः३० बजे पोखराको सभागृहमा भेला आयोजना गरेको हो।

भेलालाई नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका पार्टीका गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र केन्द्रीय सदस्य, गण्डकीका सह इन्चार्ज, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले सम्बोधन गर्ने केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए।

भेलामा कास्कीका सम्पुर्ण नेता कार्यकर्तालाई उपस्थित हुन थापाले आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: