
पोखरा । पोखराका १६ सहित गण्डकी प्रदेशमा फेरी २५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका २५ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै १६ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, तनहुँका ४ जना, लमजुङका २ जना, बाग्लुङ, म्याग्दी र स्याङ्जाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ का ४५ वर्षीय पुरुष, वडा नं.९ की १६ वर्षीया महिला, वडा नं.१० का ८३, ३१–३१ र ७४–७४ वर्षीय पुरुष तथा ३२, ४५ र ७७ वर्षीया महिला, वडा नं. १७ का ६० वर्षीय पुरुष, वडा नं.१९ का ३६ वर्षीय पुरुष, वडा नं.२५ का ६७ वर्षीय पुरुष र वडा नखुलेको २३ र २७ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ।
यस्तै, तनहुँको भिमाद वडा नं.३ का ३४ वर्षीय पुरुष, वडा नं.४ का ४७ वर्षीय पुरुष, वडा नं.६ की ५५ वर्षीया महिला, वडा नं.८ की ३२ वर्षीया महिला, लमजुङको सुन्दरबजार वडा नं. १ का ५० वर्षीय पुरुष, वडा नं.१० का २१ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ९ की २५ वर्षीया महिला, म्याग्दीको बेनी वडा नं.८ की २३ वर्षीया महिला एवं स्याङ्जाको हरिनास वडा नं. ४ का ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ५८८ पुगेको छ ।
