
पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका १६ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा बाग्लुङका ६ जना, म्याग्दीका ४ जना, कास्कीका ३ जना, स्याङ्जाका २ जना र पर्वतका एक जना रहेका छन् ।
बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ७ का २४ वर्षीय पुरुष, वडा नं.१३ का २६ वर्षीय पुरुष, गल्कोट नगरपालिका वडा नं.५ का ३२ र ३६ वर्षीया महिला, वडा नं.८ का २३ र ४६ वर्षीय पुरुष, म्याग्दीको नगरपालिका वडा नं.३ का ३६ वर्षीय पुरुष, वडा नं.५ की २८ वर्षीया महिला, वडा नं.७ का ४३ वर्षीय पुरुष, वडा नं.८ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ६ का ८७ वर्षीय पुरुष, वडा नं.१७ की ८४ वर्षीया महिला, वडा नं.२७ की ६१ वर्षीया महिला, स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ३ का ७२ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला एवं पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ का ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६३१ पुगेको छ ।
