देशभर ४१९ कोरोना संक्रमित थपिए, ७५० जना संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप ४१९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७० पुगेको छ।

गत २४ घण्टामा ७५० जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ।

हाल देशभर ५ हजार ७११ जना सक्रिय संक्रमित छन्। हाल ३६७ जना क्वारेन्टीनमा छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म नेपालमा १९ लाख ४२ हजार ७०२ जनाको पिसिआर परीक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: